स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई आज (मंगलबार) अस्पताल भर्ना भएका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका डा. भट्टराईलाई नयाँदिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

हिजो चिकित्सकसँग प्रारम्भिक परामर्श लिएका डा। भट्टराई आज थप उपचारको लागि भर्ना भएका हुन् । ललितपुरको निदान अस्पतालमा गरिएको परीक्षणमा डा. भट्टराईको पेटमा ट्युमर आशंका गरिएपछि थप परीक्षण एवं उपचारका लागि दिल्ली गएका हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।