बाँके । राप्तीसोनारी गाँउपालिका-१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छालासहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका-३ चौरपानी बस्ने ३१ वर्षीय जीतबहादुर डिसी, सल्यान कुमाख गाउँपालिका-७ बस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका-३ मर्म पोडिकारा बस्ने २४ वर्षीय हिमेन्द्र वली छन् ।

चितुवाको छाला ओसारपसार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा जीतबहादुरले बोकेको झोलाबाट २ थान चितुवाको छाला फेला पारी खरिदबिक्री कारोवारमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।