चितवन : मदन भण्डारी फाउन्डेसनको आयोजनामा आजबाट चितवनमा पाचदिने शुशासन र समृद्धिको लागि सञ्चार विषयक पत्रकारिता तालिम सुरु भएको छ । तालिममा मकवानपुर र चितवन सहित अन्य जिल्लाका गरि ३५ जनाको सहभागिता रहेको छ । आज एक कार्यक्रमको आयोजना गरि तालिमको शुभारम्भ गरिएको हो । कार्यक्रममा बोल्दै मदन भण्डारी फाउण्डेसनका केन्द्रीय सदस्य दिपक निरौलाले तालिमले ब्यबसायिक पत्रकारिताको उत्पादनमा सहयोग उत्पन्न हुने दाबी गरे ।

पाँचदिनसम्म हुने तालिमलाई प्रधानमन्त्रीका पूर्व प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्याल,विमल पोखरेल, घनश्याम कोइराला,रामशरण प्याकुरेल,अमरध्वज लामा,मिलन घरेल,महेन्द श्रेष्ठ, गोकुल घर्ति, कृष्ण राई, डाक्टर कल्याण रोका र पेम्बा लामा र शिवकुमारी गोतामेले प्रशिक्षण दिनेछन ।

तालिममा पत्रकारिताको विगत, वर्तामान र भविष्यको विषय, खोजमुलक तथा पैरबी पत्रकारिता,लैंगिक एवम समावेशी मिडिया,सूचनाको हक, फोटो तथा फिचर पत्रकारिता, अनलाईन तथा न्यू मिडिया पत्रकारिता र फाउण्डेसनको विषेश प्रक्षिणको रुपमा जननेता मदन भण्डारीले स्थापित गर्नुभएको जनताको बहुदलिय जनवादको विषयमा समेत जानकारी प्रदान गरिने मदन भण्डारी फाउण्डेसनकी केन्द्रीय सचिव पेम्बा लामाले बताईन् ।

पाँच दिने आवसीय तालिमले नयाँ पत्रकारिताको अभ्यासमा आएकाहरुलाई सहजता मिल्ने उनको भनाई रहेको थियो । फाउण्डेसले बागमती प्रदेशको १३ वटै जिल्लामा यो तालिमहरु सञ्चालन गरिरहेको उनको भनाई रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।