
काठमाडौँ । फ्रेन्च लिग अन्तर्गत पिएसजी पराजित भएको छ । गएराती सम्पन्न खेलमा मोनाकोले पिएसजीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
मोनाकोका लागि खेलको छैठौ मिनेटमा सोफियाने डियोपले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ५१औ मिनेटमा गुइलेर्मो मारीपानले गोल गर्दै मोनाकोको अग्रता दोब्बर पारेका थिए । पिएसजी घाइते भएका नेइमार बिना खेलेको थियो ।
यो हारपछि पिएसजी फ्रेन्च लिग वानमा २६ खेलपछि ५४ अंकसहित तेस्रो स्थानमा रहेको छ । त्यस्तै मोनाको भने २६ खेलमा ५२ अंकसहित चौथो स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्