हेटौंडा ।  मकवानपुर जिल्ला सितोरियो कराते संघको अध्यक्षमा रामकृष्ण श्रेष्ठ चयन भएका छन् । श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी निर्माण भएको छ ।

संघको उपाध्यक्षमा विकाश बानियाँ, सचिवमा रोशिक श्रेष्ठ, सहसचिवमा दीपकबहादुर तामाङ, कोषाध्यक्षमा बिपुल गुरुङ र सहकोषाध्यक्षमा दिपेश खड्गी चयन भएका छन् ।

संघको सदस्यमा पार्वती गिरि, गंगा गुरुङ, दीपक सापकोटा, अमृत लामा र नारायण थपलिया चयन भएका छन् । अध्यक्ष पदमा चयन भएका श्रेष्ठ जिल्लाको सितोरियो कराते संघको संस्थापक प्रशिक्षक पनि हुन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।