
हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभ¥याङ्गमा आइतबार एक ग्यारेजमा काम गर्ने मजदुरको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिकाका १९ वर्षीय अरबिन्द कुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार हेटौंडा–११ स्थित एक गाढी मर्मत गर्ने ग्यारेजमा काम गर्दै आएका ठाकुरको मेशिन परेर घटनास्थलमै मृत्यु भएको हो ।
ग्यारिजको लोथ मेशिन चलाउने क्रममा ठाकुरको घाटीमा लगाएको गलबन्दी मेशिनमा बेरिदा घाँटी च्याप्पिएर मृत्यु भएको प्रत्यक्षदर्शीले बताए । घटनाको बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्