हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला बिष्टले अब जस्तो सुकै परिस्थिति आएपनि सामना गरेर जाने बताएकी छिन् ।आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै जनताको माँझमा सदा झै काम गरेर देखाउने बताएकी हुन् ।

उच्च अदालत पाटन हेटौँडा इजलासले पदीय जिम्मेवारीमा फर्कन परमादेश जारी गरेपछि बिष्टले उपाध्यक्षको कार्यभार सम्हालेकी हुन् । बिष्टले पदभार ग्रहण पश्चयात आज हेटौंडामा गरेको पत्रकार भेटघाटका क्रममा अदालतले न्याय दिएको र सबैको सहयोगमा पुर्नबाहाली भएको बताएकी हुन।

उनले पुराना कुरा भुलेर जनताको काममा ध्यान दिने बताइन् । ‘उहाँहरुले गलत मान्छेको सुझाव र सहि मान्छेको काममा सधै संका गर्दा यस्तो घटना घट्यो’, बिष्टले बताइन् । उनले अब आउने जस्तो परिस्तिथि आए पनि आफुले काम गर्न प्रयास गर्ने बताइन् ।

कार्यक्रममा नेकपा मकवानपुरको प्रचण्ड नेपाल समुहकी अध्यक्ष तथा प्रदेशसभाका सदस्य मुनु सिग्देलले गुटगत राजनीतिका कारण उपाध्यक्षको राजीनामा स्वीकृति भएको र अदालतले न्याय दिएको बताइन् । जनताको मतमाथीको अपमान अध्यक्षबाट भएपनि अदालतले पुर्नवहाली गरिदिएको बताइन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।