अमेरिकी सुपरहिरो फिल्म ‘जस्टिस लिग’को नयाँ ट्रेलर सार्वजनिक भएको छ । फिल्ममेकर ज्याक सिन्डरको निर्देशनमा बनेको जस्टिस लिगको नयाँ फिल्मलाई ‘सिन्डर कट’ पनि भनिएको छ ।

ज्याक सिन्डरका फ्यानहरुले लामो समयदेखि उनकै निर्देशनमा बनेको जस्टिस लिग सार्वजनिक गर्न अनुरोध गरेका थिए । यही कारण गत वर्ष ज्याक सिन्डरको एकल निर्देशनमा जस्टिस लिग फिल्म बन्ने घोषणा गरिएको थियो । फिल्म घोषणा गरेको करिब एक वर्षपछि जस्टिस लिगको नयाँ ट्रेलरमा सार्वजनिक भएको छ ।

ट्रेलरको सुरुवात सुपरभिलेन लेक्स लथरको डाइलग ‘द गड इज डेड’ बाट सुरु भएको छ । ट्रेलरमा देखिने घटनाहरु ‘ब्याटम्यान भर्सेस सपुरम्यानः डन अफ जस्टिस’ लगत्तै सुरु गरिएको छ । फिल्ममा ब्याटम्यान र वन्डर वुमन सुपरहिरोहरुको टोली भेला गर्न निस्केका हुन्छन् ।

जसमा फ्ल्यास, एक्वाम्यान र साइबोर्ग सहित सुपरहिरो टोली पृथ्वीलाई सुपरभिलेन स्टेपेनवल्फ, डिसाड र डार्कसिल्डबाट बचाउन तयार भएको देखिन्छ । फिल्ममा सुपरम्यान आफ्नो पुरानो रातो र निलो रंगको सुटमा देखिँदैनन् । सुपरम्यानले कालो रंगको सुट लगाएका छन् ।

साइबोर्गको भेषमा पनि परिवर्तन देखिन सकिन्छ । ट्रेलरको अन्त्य जोकरको सानो झलकबाट हुन्छ । यी ‘जोकर’ सन् २०१६ मा रिलिज भएको फिल्म ‘सुसाइड स्क्वाड’ मा पनि देखिएका थिए । अमेरिकी अभिनेता ज्यारेड लेटोद्वारा अभिनय गरिएको सो जोकर पात्रको रुप जस्टिस लिगको नयाँ ट्रेलरमा धेरै फरक देखिन्छ ।

जोकरको कपाल लामो र हरियो रंगको छैन । उनको मुखमा भएका ट्याटुहरु पनि देखिँदैन । उनी अस्पतालको कपडामा हुन्छन् र उनको घाँटीमा सर्जिकल मास्क झुन्डिएको हुन्छ ।

यो ट्रेलरले डिसी कमिक फ्यानबीच जस्टिस लिगको नयाँ कथा हेर्न उत्सुकता बढाएको द इन्डियन एक्सप्रेसले लेखेको छ । फ्यानहरुले ज्याक सिन्डरको एकल निर्देशनमा बनेको जस्टिस लिगलाई नै ओरिजिनल संस्करण मानेको छन् ।

सन् २०१७ मा रिलिज भएको जस्टिस लिग फिल्म पनि ज्याक सिन्डरकै निर्देशनमा बनेको थियो । बीचमा उनको छोरीको मृत्युको कारण ज्याकले फिल्म छाडेका थिए । त्यसपछि सो फिल्म अर्का फिल्ममेकर जोस ह्वोइडनको निर्देशनमा बनेको थियो । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।