
हेटौंडा । मकवानपुर प्रहरीले हेटौंडाबाट अटोमा २५ किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अटो चालक राक्सिराङ गाउँपालिका वडा नं १ पलासे बस्ने वर्ष २१ को नवराज थिङ र सोही अटोमा सवार सोहि ठाँउका वर्ष २० को बाबुराम थोकर रहेका छन् ।
विहिबार विहान ११ बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले प्राप्त सुचनाको आधारमा हेटौंडा ११ नवलपुरस्थित पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा नेवारपानीबाट हेटौंडा तर्फ आउँदै गरेको ना १ ह ७२३६ नं को अटोलाई रोकी चेकजाँच गर्दा अटोमा गाँजा फेला परेको हो ।
उक्त अटोको पछाडि पट्टिको सिट मुनी रातो प्लास्टिकमा टेपले बेरी ४ वटा पोकाहरूमा गाँजा २५ किलो फेला परेको हुँदा गाँजा र अटो सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्