
पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार घटिरहेको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । नेपाली बजारमा चाँदी आज प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्