शेयर बजार परिसूचक नेप्से २५ अङ्कभन्दा धेरैले बढेको छ । नेप्से बिहीवार २५ दशमलव २३ अङ्कले बढेर २६ सय ३६ दशमलव ६८ विन्दुमा पुगेको छ ।

बिहीवार बैंकिङ समूहको शेयर २३ अङ्कले, व्यापार समूहको ७३ अङ्कले, होटलको साढे चार अङ्कले, विकास बैंकको ६२ अङ्कले, जलविद्युतको १८ अङ्कले, फाइनान्स समूहको पाँच अङ्कले, उत्पादन समूहको २० अङ्कले र अन्य समूहको झण्डै ५४ अङ्कले बढेको छ । जीवन बीमा, निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहको शेयर भने घटेको छ ।

बिहीवार दुई सय ६ कम्पनीका एक करोड ९६ लाख ४६ हजार कित्ता शेयर आठ अर्ब ७६ करोड २१ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै एनआईसी एसियाको ५६ करोड र निफ्रा बैंकको ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

बिहीवार नेपाल हाइड्रो डेभलपर्स कम्पनीका शेयरधनीले १० प्रतिशत र अन्य सात वटा कम्पनीका लगानीकर्ताले नौ प्रतिशतभन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि मिर्मिरे लघुवित्तका लगानीकर्ताले झण्डै पाँच प्रतिशत गुमाएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।