
चर्चित अभिनेता सन्दीप नाहार आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
अभिनेता सुशान्त सिंहसँग एउटै फिल्ममासँगै काम गरेका सन्दीपको भारतको मुम्बईस्थित घरमा मृत फेला परेका हुन् ।
भारतिय मिडियाका अनुसार उनले क्रिकेटर महेन्द्रसिंह धोनीको जीवनीमा आधारित चलचित्र ‘एमएस धोनी द अन्टोल्ड स्टोरी’ मा सुशान्तसँग काम गरेका थिए । त्यस्तै उनले फिल्म ‘केसरी’ मा अक्षय कुमारसँग पनि काम गरेका थिए । उनी यस फिल्ममा बट्टा सिंहको भूमिकामा थिए ।
घरभित्र पासो लागेको अवस्थामा फेला परेका सन्दीपले देहत्याग गर्नुअघि फेसबुकमा लामो स्टाटस लेखेका थिए। स्टाटसमा उनले आफ्नो वैवाहिक सम्बन्ध निकै तनावपूर्ण रहेको बताएका थिए ।
१० मिनेटको भिडियो पोष्टमा उनले वैवाहिक जीवनसँग जोडिएका अप्ठ्याराको बारेमा बताएका छन् । उनले अवस्था यति खराब भइसकेको छ कि म सहन गर्न सकिरहेको छैन भन्ने आशय व्यक्त गरेका छन् । उनको मृत्युले असहले बलिउड शोकमा डुबेको छन् ।
प्रतिक्रिया दिनुहोस्