हेटौंडा । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला शाखा मकवानपुरले वृद्ध वृद्धाहरुलाई खाजा, खाना खुवाउने तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

मंगलवार राष्ट्रिय संगीतकर्मी संघ जिल्ला मकवानपुरले दिव्य सेवा निकेतन वृद्धा आश्रम, रातोमाटेमा आश्रीत २४ जना वृद्धवृद्धाहरुलाई खाजा , खाना , फलफुल , लत्ताकपडा वितरणको साथै नाचगान गरेर मनोरञ्जन समेत गरेका थिए ।

राष्ट्रिय संगीतकर्मी संघ मकवानपुरका अध्यक्ष रोएल सुनारको सभाध्यक्षमा भएको कार्यक्रममा संगीतकर्मी संघ बागमती प्रदेशका बरिष्ठ गायिका पम्फा थापा मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष कमला थापा मगर , सचिव सुरेश प्रशाद देवकोटा , कोषाध्यक्ष जशु अधिकारी , ससदस्यहरु जेनिशा गुरुङ् , शिला मोक्तान र वरिष्ठ उपाध्यक्ष गिता दाहाल लगाएतको उपस्थिति रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।