सांकेतिक तस्बिर

जापानको टोकियोमा एक महिलाले आफ्नी आमाको शव १० वर्षदेखि लुकाएर राखेको पत्ता लागेको छ । जापानी प्रहरीले महिलाको गिरफतार समेत गरेको छ । ४८ वर्षीय युमि योशिनोले आफ्नो आमाको मृत्यु भएपछि १० वर्षदेखि लुकाएर राखेकी थिइन् ।

उनले मानिसहरुले आमा मरेको खबर थाहा पाएपछि घरबाट निकाल्छन् भन्ने डरले यस्तो गरेको बताएकी छिन् । विदेशी सञ्चारमाध्यमले जनाए अनुसार महिललाले १० वर्षदेखि शव लुकाउन सक्नुको कारण उनकी आमा घर छाडेर कतै जादिनथिन ।

उनले भनिन, ‘आमाको मृत्यु भएको खबर बाहिरी मानिसलाई थाहा भए मलाई घरबाट निकाल्छन भन्ने डर थियो किनभने घर म्युनिसिपल हाउजिंग कम्प्लेक्समा उसनकी आमाको नामबाट लिजमा लिइएको थियो ।’ समाचारमा जनाइए अनुसार उनकी आमाको मृत्यु हुँदा ६० वर्षकी थिइन् ।

योशिनालाई जनवरीमा घरको भाडा दिन या घर खाली गर्न भनिएको थियो । यसै समयमा सफाइ गर्ने एक व्यक्तिले फ्रिजबाट मानिसको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जुन शव उनकी आमाको थियो र योशिनोले नै राखेकी थिइन् ।

शव बरामद गरेपछि पोष्टमार्टमका लागि पठाइएको छ तर अहिलेसम्म महिलाको मृत्यु के कारण भयो पत्ता लागेको छैन् । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।