इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी विजयी भएको छ । गएराती सम्पन्न खेलमा सिटीले वेस्ट ब्रोमविचलाई ५-० गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इके गुनडोगनले दुई गोल गरे भने जोआओ कान्सेलो, रियाद महरेज र रहीम स्टारलिङले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लिएको छ । सिटीको १९ खेलमा ४१ अंक रहेको छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको १९ खेलमा ४० अंक रहेको छ । त्यस्तै वेस्ट ब्रोमबीचको भने २० खेलमा ११ अंक मात्र रहेको छ र लिगमा १९औ स्थानमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।