
हेटौडा ।
मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । काठमाण्डौँको दक्षिणकाली नगरपालिका–९ हनुमानेस्थित सडकमा बा३ख ६१९९ नम्बरको मिनी ट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा ट्रक चालक मकवानपुर थाहा नगरपालिका–४ का ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछामका २८ वर्षीय गोमबहादुर बुढाको मंगलबार राति मृत्यु भएको हो ।
उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनालगत्तै उनीहरुलाई उपचारका लागि मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ लगिएको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्