No description available.

 हेटौँडा, वागमती प्रदेशको राजधानी हेटौँडामा आजबाट कोरोना विरुद्धको खोप लागाउने कार्य शुरु भएको छ । हेटौँडा अस्पतालमा आज कोरोना खोप केन्द स्थापना गरेर भ्याक्सिन लगाउने काम सुरु गरिएको हो ।
आज वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले भ्याक्सिन हेटौँडा उपहानगरपालिका स्वास्थ्य इकाईलाई हस्तान्तरण गरेर खोपकेन्द्रको सुरुवात गरेका हुन् । । आज मात्र १ सय १३ जनाले खोप लगाएको जनस्वास्थ्य अधिकृत तथा कोभिड १९का फोकल पर्सन भोलाप्रसाद चौँलागाईले खबरब्रेकलाई बताए ।
खोप सुरु भएको पहिलो दिन आज मात्र १ सय १३ जनाले खोप लगाएको जनस्वास्थ्य अधिकृत तथा कोभिड १९का फोकल पर्सन भोलाप्रसाद चौँलागाईले खबरब्रेकलाई बताए । मकवानपुरको लागि २ हजार २ सय ८९ जनाको लागि पहिलो चरण अन्र्तगत भ्याक्सिन उपलब्ध भएको उनको भनाई रहेको छ । आज खोप लगाउनेहरु अधिकांश स्वास्थ्यकर्मी रहेको उनको भनाई रहेको छ ।

 

 

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।