प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप अभियानको निरीक्षण गरेका छन् । प्रधानमन्त्री ओलीले उपत्यकाका विभिन्न अस्ताल पुगेर खोप लगाएको अनुगमन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताललगायतका अस्पताल पुगेर खोप कार्यक्रम अवलोकन गरेका छन् ।

यस अघि प्रधानमन्त्री ओलीले बुधबार बिहान बालुवाटारमा आयोजित एक कार्यक्रमबाट खोप अभियानको शुभारम्भ गरेका थिए । उनले आगामी तीन महिना भित्र सबैले खोप लगाउन पाउने बताउदै भारतबाट थप खोप ल्याउने तयारी भइरहेको बताएका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।