जनकपुर ।  प्रदेश २ मा कोरोना भाइरसविरुद्धको पहिलो खोप मन्त्री नै लगाएका छन्।

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाएका हुन्। सबैको मनोबल बढाउन खोप लगाएको उनको भनाइ छ।

आज देशभर खोप अभियान सुरु भएको छ। पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी, सुरक्षाकर्मीलाई लगाइनेछ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।