
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई पार्टीको मूलधारमा फर्कन आह्वान गरेका छन् ।
नेकपा निकट आदिवासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपाल समूहलाई मूलधारमा फर्कन आह्वान गरेका हुन् ।
त्यस्तै ओलीले आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनले अहिले सडकमा विरोध गरिरहेकालाई ‘बरफ पग्लिएझैँ पखाल्ने’ बताए । उनले ‘दसा’ लागेकाले पार्टी छाडेर गए पनि कम्युनिस्ट आन्दोलन, स्थिरता र समृद्धिको यात्रामा कुनै अत्यावरोध नहुने स्पष्ट पारे ।
प्रतिक्रिया दिनुहोस्