चन्द्रपुर नगरपालिकाले चांदी खोला उत्खननको लागि ठेक्का दिएको कम्पनीले नियम बिपरित खोला उत्खनन गरेको स्थानीयले गुनासो गरेका छन् । खोला उत्खनन गर्न ठेक्का पाएको कम्पनीले मोतीपुर घाटमा मनलाग्दी खोला उत्खनन गर्दा भबिष्यमा खोला गाँउमा पस्ने खतरा बढदै जान थालेको स्थानीयले बताएका छन् ।

मोतीपुर घाटमा ठेकेदार कम्पनीले नगरपालिकाले तोकेको मापदण्ड भन्दा तेब्बर गहिरो खाल्डो बनाएको र सोही खाल्डोका कारण खोला गाउमा पस्ने खतरा बढेको स्थानीयले बताए । खोला दोहनका लागि ठेक्का पाएका ठेकेदारले खोलाको ग्रेबल पानी चुहाउदै लैजाने गरेका कारण मोटर साईकल र साईकलमा बाटो हिड्नेहरु चिप्लेर लडने खतरा बढदै गएको भएपनि सम्बन्धित निकायले त्यस तर्फ ध्यान नदिएको स्थानीयको भनाइ रहेको छ ।

खोलानै गाउमा पस्ने गरी उत्खनन् हुदा उत्खननको बारेमा चन्द्रपुर नगरपालिकामा जानकारी गराउदा समेत कुनै वास्ता नभएको स्थानीय पवन महतले बताए ।यता चन्द्रपुर नगरपालिकाका प्रमुख रामचनद्र चौधरीले मनलाग्दी खोला उत्खनन् भएको र खोला बर्षामा आएको बाढीमा गांउमा पस्ने सम्भावना भए हेरेर आफुले काम रोक्ने बताए ।

जिल्लाका अधिकांस खोला पछिल्लो समय ठेकेदारले मनलाग्दी उत्खनन् गर्ने गरेको भएपनि त्यस तर्फ सम्बन्धीत पालिकाले ध्यान नदिएको गुनासो स्थानीय स्तरमा बढदै जान थालेको छ ।


रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
rupendra@khabarbreak.com
रौतहट, खबरब्रेक संवाददाता