
सुनको मूल्य आज फेरि ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सात सय रुपैयाँले घटेको हो।
आज छापावाल सुन प्रतितोला ९२ हजार एक सय पुगेको छ। मंगलबार प्रतितोला ९२ हजार आठ सयमा कारोबार भएको थियो।
त्यस्तै, तेजाबी सुन पनि प्रतितोला ९१ हजार ६ सय रुपैयाँ पुगेको छ। मंगलबार ९२ हजार तीन सयमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला एक हजार दुई सय ५० रुपैयाँ कायम भएको छ। मंगलबार एक हजार दुई सय ५५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस्