हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी नेकपा हेटौंडा उपमहानगरपालिका वडा नंबर १५ को अध्यक्षमा पर्स बहादुर भुजेल चयन भएका छन् ।

आज बसेको नेकपा हेटौंडा-१५ नंबर वडा कमिटिको विस्थारित बैठकले भुजेललाई अध्यक्षमा चयन गरेको नेकपा मकवानपुरका नेता सुनिल मोक्तानले जानकारी दिए । उनका अनुसार बैठकले सचिवमा प्रितम राना मगरलाई चयन गरेको छ ।

यसैगरि आज बसेको बैठकले यसअघिका अध्यक्ष दिपेश थिङ र सचिव गिता प्रसाद दुलाललाई पार्टी हित विपरित कार्य गरेको भन्दै अनुशासनको कारबाही गर्दै पदमुक्त गरेको नेता मोक्तानले बताए ।

नेकपाका केन्द्रीय सदस्य अनन्त पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेमा संघको केन्द्रीय सदस्य मेनका दाहाल,नेकपा मकवानपुरको जिल्ला सदस्य नविन सिग्देल,सुनिल मोक्तान,हेटौंडा नेकपाका नगर अध्यक्ष शालिकराम पुडासैनि,सचिव बोल बहादुर कार्की लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रम सञ्चालन सचिन लामाले गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।