सोमवार दिनभर उतारचढाव देखिएको नेप्से परिसूचक १६ दशमलव शून्य ४ अंक बढेर २४४० दशमलव ८७ विन्दुमा पुगेको छ ।

बजार परिसूचक बढे पनि सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव २४ अंक घटेर ४५१ दशमलव ८२ विन्दुमा पुगेको छ । आइतवार ५० दशमलव २० अंकले बढेर २ हजार ४२४ दशमलव ८४ विन्दुमा बन्द भएको बजार सोमवार २४४७ दशमलव शून्य २ विन्दुदेखि खुला भएको हो ।

आइतवार तुलनामा कारोबार रकममा पनि कमी आएको छ । सोमवार ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार रुपैयाँबराबरको १ करोड ९२ लाख ८५ हजार ५०४ कित्ता सेयर कारोबार भएको हो ।

सधैजस्तै आज पनि सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स नै अगाडि छ । आज कम्पनीको ६० करोड ३७ लाख ४० हजार बराबरको सेयर कारोबार भएको हो ।

परिसूचक बढे पनि सोमबार कारोबारमा आएका १२ समूहमध्ये पाँच समूहको परिसूचक बढेको छ भने सात समूहको परिसूचक घटेको छ । व्यापारिक समूहको परिसूचक सर्वाधिक ३ दशमलव १४ प्रतिशतले बढेको दिन बैंकिङको परिसूचक १ दशमलव ३९ प्रतिशतले बढेको छ ।

त्यस्तै, निर्जीवन बीमाको शून्य दशमलव ६८ प्रतिशत, अन्यको १ दशमलव ६३ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४२ प्रतिशत बढेको छ ।

यस दिन होटल समूहको १ दशमलव १८ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८१ प्रतिशत, जलविद्युतको शून्य दशमलव १८ प्रतिशतले परिसूचक ओरालो लागेको छ ।

त्यस्तै, वित्तको शून्य दशमलव ५८ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ३ प्रतिशत, लघुवित्तको १ दशमलव २१ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५२ प्रतिशत परिसूचक घटेको हो ।

सोमवार नागरिक लगानी कोषको सेयरमूल्य सर्वाधिक १० प्रतिशत बढेको छ भने गुराँस लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ८७ प्रतिशत, माउण्टेन इनर्जीको ९ दशमलव ८१ प्रतिशत, नेशनल हाइड्रोपावरको ९ दशमलव ४० प्रतिशत र हिमालयन पावर पार्टनरको ९ दशमलव ३८ प्रतिशत सेयरमूल्य बढेको छ ।

दिनभर नै उतारचढाव देदिएको बजारमा श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनीका लगानीकर्ताले सर्वाधिक ६ दशमलव ९८ घटेको छ ।सोमबार दिनभर कारोबारमा आएका २०८ कम्पनीमध्ये ६२ वटा कम्पनीको मूल्य बढेको छ भने ५ कम्पनीको मूल्य स्थिर रह्यो । बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।