सोमबार सुनको मुल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला २ सयले घटेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ९ सय रहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १२ सय ६० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।