सांकेतिक तस्विर

हेटौंडा । हेटौंडामा गुण्डागर्दी गरेको आरोपमा मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

शनिबार बिहान ११ बजे मकवानपुर हेटौंडा उपमहानगरपालिका–१० राममन्दिरस्थित उत्तम कार्की मोटर ग्यारेजमा काम गर्ने दुई जनामाथि कुटपिट गरेको भन्दै प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

बारा कोल्बी नगरपालिका–९ घर भइ हेटौंडा–४ बस्ने २४ वर्षीय पुरूषोत्तम चौधरी र २७ वर्षीय मुनामदन चौधरीमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए। प्रहरीले शनिबारनै उनीहरूलाई पक्राउ गरेको प्रवक्ता रानाले बताए।

पक्राउ पर्नेमा धादिङ कोरडारा घर भई हाल हेटौंडा–१० बस्ने २० वर्षीय सन्तोष लामा,हेटौंडा–१० भुटनदेबी बस्ने २५ वर्षीय बिनय वाईवा, हेटौंडा–१ चौकिटोल बस्ने २७ वर्षीय आशिष लामा, हेटौंडा–११ थानाभर्‍याङ् बस्ने १८ वर्षीय राज कार्की र भिमफेदी गाउँपालिका– २ घर भई हाल हेटौंडा–१० बस्ने २८ वर्षीय सागर लामा छन्। पक्राउ परेका ५ जनामाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।