
प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाख १७ र २७ गतेको निर्वाचन जनताका लागि देशद्रोहीहरूलाई ठेगान लगाउने उपयुक्त अवसर भएको बताउनुभएको छ ।
आज काठमाडौँमा आयोजित अपाङ्गता भएका व्यक्तिहरूसँग साक्षात्कार कार्यक्रममालाई संवोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउने र अस्थिरता ल्याउने खेलभएपछि ताजा जनादेशमा जानु परेको बताउनुभयो ।
प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरू देश विरोधी र जनविरोधी भएको बताउँदै प्रधानमन्त्री ओलीले जनताको बीचमा जाने काम अलोकतान्त्रिक नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले आफ्नो हातमा लिएको भए पो म तनाशाह हुन्छु, जनताको बीचमा जान्छु भन्दा म तानाशाह भएँ ?’ उहाँले भन्नुभयो, ‘किनबेच र तिकडम गरेर मै शासक रहन्छु भनेको छैन । मैले त जनताका बीचमा जाउँ भनेको छु ।’
प्रधानमन्त्री ओलीले संसद् पद भनेको स्थायी जागिर नभएको बताउनुभयो । ‘केही मान्छेहरू, संसदमा पाँचैबर्ष जागिर खान पाउनु पर्छ भन्दै कराउदै हिँडेका छन्,सांसद भनेको स्थायी जागिर हैन ।’ उहाँको भनाई थियो ।
प्रधानमन्त्री ओलीले अब पुरुषकृत गर्नेकी दण्डित गर्ने काम जनताको भएको बताउनुभयो । मेरो र अरूको अब मुल्याङन गर्ने काम जनताको हो । उहाँले भन्नुभयो,‘मेरो काम के भयो त्यो पनि मुल्याङन गर्नुहोस्रूको पनि गर्नुहोस् भनेको छु, निर्वाचनबाट फैसला जनताले गर्नेछन् ।’
प्रतिक्रिया दिनुहोस्