
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज विवाह बन्धनमा बाधिँएका छन् । उनले सन् २०१८ की २० वर्षीया ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग आज विवाह गरेका हुन् ।
विवाह काठमाडौंकोस्थित एक पार्टी प्यालेसमा भएको हो । विवाहमा सीमित नातागोता र नेताहरु सहभागी रहेको बतायएको छ ।
करिब २८ वर्ष उमेरको अन्तर रहेका उनीहरु लामो समयदेखि एकअर्काको प्रेममा रहेका थिए । लामो समयको प्रेमसम्बन्धलाइ आज उनीहरुले विवाहमा परिणत गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्