स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले फराकिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले डिपोर्टिभो आल्भेजलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको यस जितमा करिम बेन्जमाले दुई गोल गरे भने इडेन हजार्ड र कासेमिरोले एक एक गोल गरेका थिए । त्यस्तै आल्भेजका लागि जोसेलुले एक गोल फर्काएका थिए ।

यो जितपछि रियल म्याड्रिडको १९ खेलमा ४० अंक भएको छ । लिगमा दोस्रो स्थानमा रहेको रियल म्याड्रिड एटलेटिको म्याड्रिड भन्दा ४ अंकले पछाडी रहेको छ तर एटलेटिको २ खेल कम खेलेको छ । त्यस्तै आल्भेजको भने २० खेलमा १८ अंक रहेको छ र लिगमा १७औ स्थानमा छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।