हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर २ मा आगामी फागुन १ गते साँस्कृतिक कार्यक्रम हुने भएको छ । ल्होछारको अवसर पारेर मनहरी–२ मा फागुन १ गते रत्नलिङ गुम्बाको आयोजनामा साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

गुम्बाको आज बसेको बैठकले ल्होछारको अवसरमा फागुन १ गते साँस्कृतिक कार्यक्रम गर्ने निर्णय गरेको आयोजकले जनाएको छ ।

बैठकले कार्यक्रमको तयारीको लागि कामको बाँडफाड गरेको छ । जसमा साउण्ड सिस्टम तथा प्रचार प्रचारमा सोवित वाइबा, मन्च व्यवस्थापनमा इन्द्रलाल स्यङ्तान, ज्ञानबहदुर दोङ, सन्दिप रुम्बा, दिनेश स्याङ्तान, कलाकार व्यवस्थापनमा चन्द्र सिं स्याङ्तान, आर्थिक संयोजकमा अर्जुन कुमार घलान, अमर स्याङ्तान, सोवित वाइबा र अथिति व्यवस्थापनमा अर्जुन कुमार घलान रहेको आयोजकले जनाएको छ ।

विगतका वर्षहरुमा पनि कार्यक्रम गरिरहेको हुनाले यस वर्ष पनि कोरोना भाइरस ९कोभिड–१९० को जोखिमबाट सुरक्षित र सर्तक रहेर कार्यक्रम गरिने भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा तामाङ सेलो नृत्य प्रतियोगिता गर्ने, स्थानीय तथा राष्ट्रिय कलाकारहरुले प्रस्तुति रहने आयोजकले जनाएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।