हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघलाई व्यवसायी राजेन्द्र लामिछानेले एकाउन्न हजार एकसय सहयोग गरेका छन् । लामिछाने ईन्टरप्राइजेजका प्रोपाईटर तथा डिलर व्यवसायी लामिछानेले संघद्वारा पल्पसा परिसरमा निर्माण गरिरहेको पल्पसा अतिथि सदनको लागि सहयोग गरेका हुन् ।

संघले बागमती प्रदेशको राजधानीमा आउने आगन्तुकहरुलाई बासको सहज व्यवस्थाको लागि ५ तलाको भवन निर्माण गरिरहेको छ । बागमती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका र अन्य दाताहरुको सहयोगमा मउवासंघले भवन बनाइरहेको छ ।

भवन निर्माण सम्पन्न भई सफलरुपमा संचालनमा आएपछि जिल्लाको आर्थिक, सामाजिक क्षेत्रको विकासको निम्ति र सहयोगापेक्षी असहाय, अपाड्ड तथा गरिवहरुलाई केही खुलेर सहयोग गर्न सकिने संघका अध्यक्ष कृष्ण कटुवालले विश्वास व्यक्त गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।