हेटौंडा । मकवानपुरका प्रहरीले ६ बिगाहा गाँजा खेती फडानी गरेर नष्ट गरेको छ ।

ईलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरका प्रहरी निरिक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा प्रहरी जिल्ला प्रहरी कार्यालय मकवानपुर, प्रहरी गण रातोमाटे र दंगा नियन्त्रण प्रहरी गणबाट खटिएको ४४ जनाको संयुक्त प्रहरी टोलिले आइतबार गाँजा फडानी गरेका हुन् ।

कैलाश गाँउपालिका वडा नं १० को गोपिराङ, बेडिघारी, सल्लनी, लगायतका विभिन्न स्थानहरुमा गरी कुल ६ विगाहा क्षेत्रफलमा लगाएको गाँजा खेति फडानि गरी नष्ट गरीएको मकवानपुरका प्रहरी प्रवक्ता इन्द्र बहादुर रानाले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।