नेपाल बाल संगठन पर्साको सभापतिमा रामकिशोर सिंह पराग निर्विरोध निर्वाचित भएका छन ।शनिबार नेपाल बाल संगठन पर्साका सभाहलमा आयोजित साधारण सभाले निर्विरोध निर्वाचित भएका हुन् ।

नवगठित समितिको उपसभापतिमा निशा बर्मा, सचिवमा हेमन्त तामाङ, कोषाध्यक्षमा राजाबाबु रौनियार रहेका छन ।यस्तै सदस्यहरुमा मुकेस महरा, शुसिल केसी, पुकार सुवेदी र सृजना पाण्डे चयन भएका छन् ।

नेपाल बाल संगठनका केन्द्रीय प्रतिनिधि तथा वीरगञ्ज महानगरपालिका वडा नं.८ का वडाध्यक्ष राजकिशोर गुप्ताको प्रमुख आतिथ्यता तथा नेपाल बाल संगठन सर्लाहीका तदर्थ समिति सभापति समिम बाबु खानको विशिष्ट आतिथ्यतामा नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिलाई बधाई दिँदै संगठनका प्रतिनिधि राजकिशोर गुप्ताले बालबालिकाको हकहितका क्षेत्रमा दृढ भएर लाग्न आग्रह गरे ।

नेपाल बाल संगठको बिधान अनुरुप साधारणसभाबाट सर्वसम्मत चयन भएका सभापति सिंहले अन्य पदाधिकारी नियुक्त गरेका हुन् ।नयाँ समितिले आगामी ४ वर्ष बालबालिकाको हितमा दृढ भएर काम गर्ने सभापति सिंहले प्रतिबद्धता जनाएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।