चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १७ गते चितवनको जनसभालाई सम्बोधन गर्न चितवन आउने भएका छन् ।भरतपुरको केन्द्रिय बस टर्मिनलमा हुने वृहत जनसभालाई सम्बोधन गर्न ओली चितवन आउन लागेका हुन् । आइतबार भरतपुरमा नेकपा सस्थापन पक्षद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत जनसभाको बारेमा जानकारी दिइएको हो । सभामा चितवनका विभिन्न पालिकाहरुबाट ५० हजार भन्दा बढीको सहभागी हुने बताइएको छ ।

सभालाई सम्बोधन गर्नुअघि ओलीले भरतपुरमा बन्न लागेको सिटी हल र गोन्द्रङ–पुल्चोक सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । दिउँसो १२ बजेबाट आमसभा सुरु हुनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै नेकपा केन्द्रिय सदस्य तथा राष्ट्रिय सभा सांसद दिलकुमारी रावल ‘पार्वती’ले पछिल्लो राजनीतिक घटनक्रमबारे प्रधानमन्त्री ओलीले आमसभामा सम्बोधन गर्ने बताइन् । पत्रकार सम्मेलनमा बोल्दै उनले संघिय मन्त्रालयको कार्यक्रम अनुसार प्रधानमन्त्री ओलीले सिटी हल र सडक विस्तारको शिलान्यास गर्न लागेको बताइन् ।

संघीय सरकारको बजेटमा सघन सहरी विकास आयोजना अन्तर्गत सिटी हल बन्न लागेको हो भने भौतिक योजना मन्त्रालय अन्तर्गत पुल्चोक–गोन्द्रङ सडक विस्तार हुन लागेको हो । रावलले केन्द्रिय सरकारबाट विनियोजन भएका आयोजनाको शिलान्यास प्रधानमन्त्रीले गर्नुलाई अन्यथा लिन आवश्यक नरहेको बताइन् ।तीन वटै सरकारसँग समन्वयन गरेर सरकार अघि बढीरहेको बताउँदै उनले यसलाई कसैको प्रतिष्ठाको विषय बनाउन आवाश्यक नरहेको प्रष्ट पारिन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।