हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर २ मनोकामना चोक नजिकै भेटिएको विस्फोटक बस्तु डिस्पोज गरिएको छ ।

शनिबार बिहान स्थानीयले बमजस्तै शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए ।खबरपछि सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएको थियो ।

फेला परेको फेला परेको विस्फोटक पदार्थ होक्स प्रहरी टोलीले नेपाली सेनासँग समन्वय गरी डिस्पोज गरेको जिल्ला प्रहरी कार्यलय मकवानपुका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए ।

हाल त्याहाको अवस्था समान्य र खतरामुक्त रहेको रानाले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।