हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर २ मनोकामनाचोक नजिकै बमजस्तै शंकास्पद वस्तु भेटिएको छ ।

शनिबार बिहान स्थानीयले बमजस्तै शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । हाल सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएको छ ।

चोक नजिकै बमजस्तै शंकास्पद वस्तु देखेपछि त्यस क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । जिल्ला प्रहरी कार्यलय मकवानपुका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बमजस्तै शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।