फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मोन्टपेल्लिएरलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले दुई गोल गरे भने नेइमार र माउरो इकार्डीले एक एक गोल गरेका थिए । खेलमा मोन्टपेल्लिएरका जोनास ओमलिनले खेलको १९औ मिनेटमा नै रातो कार्ड पाएर मैदान छोडेपछि मोन्टपेल्लिएर १० खेलाडीमा सिमित भएको थियो ।

योजितपछि पिएसजी लिग वानमा शिर्ष स्थानमा रहेको छ । पिएसजीको २१ खेलमा ४५ अंक रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको लिलेको २० खेलमा ४२ अंक रहेको छ । त्यसैगरी मोन्टपेल्लिएरको भने २१ खेलमा २८ अंक रहेको छ र लिगमा ११औ स्थानमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।