हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिकाको वडा नंबर ९ को अध्यक्षमा यदुवशं खतिवडा चयन भएका छन् ।

आज भएको नेकपा हेटौंडा-९ को वडा कमिटि तथा कार्यकर्ता भेलाले खतिवडालाई अध्यक्षमा चयन गरेको हो । यसैगरि कमिटि भेलाले सचिवमा नारायण खतिवडालार्ई चयन गरेको छ । उनिहरुलाई कार्यकर्ता भेलाका प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले बधाई तथा शुभकामना दिएका थिए ।

यसैगरि आज भएको भेलाले यसअघिका अध्यक्ष सूर्य बहादुर स्याङतान र सचिव विष्णुराना मगरलाई पार्टी हित विपरित कार्य गरेको भन्दै अनुशासनको कारबाही गर्दै पदमुक्त गरेको युवा नेता नरेन्द्र भण्डारीले जानकारी दिए ।

विभिन्न पार्टी परित्याग गरि  ५५ जना नेकपामा प्रवेश
यसैगरि आज हेटौंडा-९ को कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरि ५५ जना नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् । हेटौंडा-९ को आयोजनामा भएको कार्यकर्ता भेलामा नेपाली कांग्रेस तथा राप्रपा परित्याग गरि ५५ जना नेकपा प्रवेश गरेका हुन् ।

No description available.

उनिहरुलाई प्रमुख अतिथि केन्द्रीय सदस्य तथा मुख्यमन्त्री पौडेल,केन्द्रीय सदस्य अनन्त पौडेल,रामचन्द राई तथा नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले स्वागत गरेका थिए ।

कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र तथा गणतन्त्रको रक्षाको लागि संसद विघटनको कदम चालेको बताए । उनले राष्ट्रपतिलाई महाअभियोग,प्रधामन्त्रीलाई अविश्वासको प्रस्तावबाट हटायर देश विदेशीको हातमा सुम्पने योजनालाई असफल बनाउन प्रधानमन्त्री ओलिले संसद विघटन चालेको दाबी गरे ।

मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीले राष्ट्रियताको लागि भिमसेन थापाले गरेको योगदान संग तुलना गर्न सकिने योगदान गरको समेत बताए ।

उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले प्रधानमन्त्री ओली र सरकार विरुद्ध फैलाएको भ्रममा नपर्न आग्रह गरे । उनले सरकार विरुद्ध फैलाएको भ्रममा नर्पन आग्रह गर्दै बैशाख १७ र २७ गते हुने चुनावको तयारीमा रहन आग्रह गरे ।

No description available.

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।