
अहिले देशभर चिसो भइरहेको छ। बिहिबार देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको छ भने तराई भू-भागका अधिकांश स्थानहरुमा सामान्य हुसु र कुहिरो लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा उल्लेखनीय मौसमी प्रणाली छैन ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने अन्य भू(भागमा मौसम सामान्यतया सफा रहनेछ।
त्यस्तै आज राति देशका सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य वदलीको सम्भावना रहेको छ । त्यस्तै प्रदेश न १, बागमती , गण्डकी र लुम्विनी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्