स्पेनिस कोपा डेल रे फुटबलअन्तर्गत गएराति भएको अन्तिम ३२ को खेलमा बार्सिलोनाले जीत हासिल गरेको छ । नियमित कप्तान लियोनल मेसीबिनै मैदानमा उत्रिएको बार्सिलोनाले तेस्रो श्रेणीको क्लब कोर्नेलालाई २-० ले हराउँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

प्रतिबन्धका कारण मेसी उक्त खेलमा खेलेका थिएनन् । बार्सिलोनाको जीतमा मार्टिन ब्रेथवेट र ओस्मान डेम्बेलेले एक-एक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

अतिरिक्त समय सुरु भएपछिको ९२औं मिनेटमा पेड्रीको पासमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई १–० ले अघि बढाए । ११८औं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटियो । रोनाल्ड एराउजोमाथि फल गरेपछि अल्वर्ट इस्टिललेस दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए ।

अन्तिम समयमा पेड्रीको पासमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनालाई २–० को जित दिलाउदै प्रि क्वाटरफाइनलमा पुर्‍याए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।