
इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल पराजित भएको छ । गएराती सम्पन्न खेलमा लिभरपुललाई बर्नलीले १-० गोल अन्तरले पराजित गरेको हो ।
बर्नलीको जितमा एशले बार्नेजले खेलको ८३औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । आफ्नो घरेलु मैदानमा लिभरपुल २०१७ को अप्रिलपछि पहिलो पटक हार बेहोरेको छ । लिभरपुलले घरेलु मैदान एनफिल्डमा ६८ खेलपछि हार बेहोरेको हो ।
यो हारपछि लिभरपुल शिर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडभन्दा ६ अंकले पछाडी परेको छ । यस सिजनमा तेस्रो हार बेहोरेको लिभरपुलका लागि यो हारले लगातार दोस्रो सिजन प्रिमियर लिग जित्ने अभियानमा धक्का लागेको छ ।
लिभरपुलको १९ खेलमा ३४ अंक रहेको छ र लिगमा चौथो स्थानमा रहेको छ । त्यस्तै बर्नलीको भने १८ खेलमा १९ अंक रहेको छ र लिगमा १६औ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्