File photo

हेटौंडा । नेपालमा थप ३३६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३३६ जना मा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या २ लाख ६८ हजार ६४६ पुगेको छ ।

यसैगरि बिहिबार थप २२६ जना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा हालसम्म २ लाख ६२ हजार ८६८ जना संक्रमण मुक्त भएका छन् ।

आजको दिनमा नेपालमा ३ हजार ७ सय ९९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ९७९ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाको कारण ४ जनाको मृत्यु भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।