कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको एक प्लान्टमा आगलागी भएको छ । इन्स्टिच्युटको पुनेमा रहेको प्लान्टको एक टर्मिनल आगलागीमा हुँदा पाँच जनाको ज्यान गएको छ ।

‘सिरम इन्स्टिच्युटको एक भवनको अन्तिम तलामा फसेका पाँच जनाको आगलागीमा मृत्यु भएको जनाइएको छ । आगलागीको कारण थाहा हुन नसकेको र क्षतीको विवरण पनि नआइसकेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

मृतकको संख्या बढन सक्ने आँकलन गरिएको छ । आगलागीका कारण अन्तिम तला जलेर पूर्ण नष्ट भएको छ । अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोना खोप कोभिशिल्ड सिरम इन्स्टिच्युट अफ इण्डियाले तयार गरिरहेको छ ।

सिरम इन्स्टिच्युट अफ इण्डिया विश्व स्वास्थ्य सङ्गठनद्वारा समर्थित कोभ्याक्स स्किमको हिस्सा हो । यसको उद्देश्य मध्यम आय भएका देशहरूमा खोप उपलब्ध गराउनु हो । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।