सांकेतिक तस्विर

रुपन्देहीको मर्चवारमा आगो लगाएर हत्या गरीएको अवस्थामा एक युवकको शव फेला परेको छ । मर्चवार स्थित नेपाल भारत सिमा क्षेत्र नैजिकै शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले हत्याको आशंका गरेको छ ।

मायादेवि गाँउपालिका ७ गरगट्टी स्थित खेतमा अन्दाजी ३५ बर्षको जस्तो देखिने युवकको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपि प्रवीण पोखरेलले बताए । घटनाको अनुशन्धान भइरहेको उनले जानकारी दिए । शवको पहिचान भइसकेको छैन ।

दानव नदि नजिकै खेतमा शरीर जलेको अवस्थामा युवकको शव देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए । सिमा क्षेत्र नजिकै हत्या गरीएको अवस्थामा शव भेटिएपछि  प्रहरीले नेपालगञ्जबाट तालिम प्राप्त कुकुर झिकाएर अनुशन्धान अगाडी बढाएको छ । घटना स्थलमा प्लाष्टिकको पाइप र रगतका छिटा भेटिएको प्रहरीले जनाएको छ । नागरिकन्युजबाट


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।