
काठमाडौं । नेकपा नेतृ शान्ता चौधरीले फिटनेस सेन्टर तथा ब्युटी पार्लरको सुरुआत गरेकी छन् ।
बुधबार उनले सामाजिक सञ्जाल टुईटर मार्फत काठमाडौंको कोटेश्वरमा ब्युटी पार्लरको उद्घाटन गरेको जानकारी दिएकी छन् ।
बुधबार कृषि तथा पशुपक्षीमन्त्री पद्मा अर्यालले चौधरीको ब्युटी पार्लरको उद्घाटन गरेकी हुन् । ‘राजनीति पेशा होईन सेवा हो । हामी राजनीति गर्नेहरु उद्यमशील बनेर आफ्नो खुट्टामा उभिन पर्दछ भन्ने मान्यता राख्दछु । त्यसैले आजबाट काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटि पार्लरको शुरुआत गरेको छु । सम्पुर्ण साथीहरू तथा महानुभावहरुमा सहयोगलागि हार्दिक अनुरोध गर्दछु ।’, उनले टुईटरमा लेखेकी छन् ।
राजनीति पेशा होईन सेवा हो । हामी राजनीति गर्नेहरु उद्यमशील बनेर आफ्नो खुट्टामा उभिन पर्दछ भन्ने मान्यता राख्दछु । त्यसैले आजबाट काठमाडौंको कोटेश्वरमा फिटनेस सेन्टर तथा ब्यूटि पार्लरको शुरुआत गरेको छु । सम्पुर्ण साथीहरू तथा महानुभावहरुमा सहयोगलागि हार्दिक अनुरोध गर्दछु । pic.twitter.com/8TAhAczyiw
— Shanta Chaudhary (@shantadangnepal) January 20, 2021
प्रतिक्रिया दिनुहोस्