हेटौंडा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशका ६ हजार ७४३ वटै वडामा प्रतिनिभिसभा विघटनको विरोधमा प्रदर्शन गर्ने भएको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्धको वडास्तरीय विरोध प्रदर्शनमा सक्रिय सहभागी हुन अपिल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्य गरेको उल्लेख गर्दै पार्टी सभापति देउवाले विरोध प्रदर्शनमा सहभागी हुन आग्रह गरेका हुन् ।

कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७ सय ५३ पालिकाहरूमा विरोध प्रदर्शन गरेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।