सांकेतिक तस्बिर

सिन्धुली । सवारी ज्यान मुद्दामा जेल सजाय तोकिएका फरार अपराधी अढाइ वर्षपछि पक्राउ परेका छन् ।

सिन्धुली जिल्ला अदालतले २०७५ जेठ २९ गते सात महिना २० दिन कैद सजाय तोकेका सिन्धुलीको कमलामाई नगरपालिका–८ ठूलडाँडाका ३० वर्षीय पञ्चबहादुर वाइबालाई इलाका प्रहरी कार्यालय भिमानको टोलीले मङ्गलबार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार फरार अपराधी पञ्चबहादुरलाई मङ्गलबार पक्राउ गरी आज सिन्धुली अदालतमा बुझाइएको जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।