file photo

हेटौंडा । उच्च अदालतले मकवानपुरको मनहरी गाउँपालिकाको उपाध्यक्षको निर्वाचन प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको छ ।

उच्च अदालत पाटनको हेटौंडा इजलासका न्यायाधीश राजकुमार वन र मेरिना श्रेष्ठको इजलासले उपाध्यक्षले मनिला विष्टले दिएको राजीनामा पत्रमा मिति नभएको र राजीनामा लागू हुने मिति समेत उल्लेख नभएकाले मुद्दाको अन्तिम टुंगो नलागेसम्म पदपूर्ति प्रक्रिया अगाडि नबढाउन अन्तरिम आदेश दिएको हो ।

अदालतले विष्टको राजीनामा पत्रमा मिति उल्लेख नभएको वा कुन मितिदेखि राजीनामा लागु हुने भन्ने उल्लेख नगरिएको जनाउँदै मुद्दाको टुङ्गो नलागेसम्म उपाध्यक्ष पदको पदपूर्तिको प्रक्रिया अघि नबढाउन समेत मनहरी गाउँपालिका कार्यालयलाई आदेश दिएको छ ।

इजलासले ‘निवेदिकाको मागउपर प्रस्तुत मुद्दाको न्यायिक निरोपण हुँदाका बखत सम्बोधन हुने नै हुँदा तत् विषयमा अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था देखिएन’ भनेको छ ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।