
हेटौंडा । बागमती प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
बुधबार हेटौंडा स्थित प्रदेश सभा हलमा सुरु भएको सातौँ अधिवेशनको पहिलो बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।
बैठकमा सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएका हुन् ।
यसअघि बैठकमा मुख्यमन्त्री डोरमणी पौडेलप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता इन्द्रबहादुर बानियाँ,प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई,रमेश पौडेल लगाएत प्रदेश सदस्यहरुले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्