एक सातापछि सुनको मूल्य उकालो लागेको छ। आज प्रतितोला पाँच सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँ पुगेको छ। मंगलबार ९२ हजारमा कारोबार भएको थियो।

त्यस्तै, तेजाबी सुन पनि बढेर ९२ हजार पुगेको छ। मंगलबार ९१ हजार पाँच सयमा कारोबार भएको थियो।

यसैगरि आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार दुई सय ६० रुपैयाँ पुगेको छ। मंगलबार एक हजार दुई सय ४५ रुपैयाँमा कारोबार भएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।